दफा २२२
आफ्नाे संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग करणी गर्न नहुने

(१) कसैले आफूले संरक्षण वा सुरक्षा दिएको वा आफ्नाे हेरविचारमा रहेको कुनै व्यक्तिसँग करणी गर्न वा करणी गर्नअरुलाई सहयोग गर्न वा होस ठेगानमा नरहेको वा शारीरिक वा मानसिक रोग लागी उपचार वा पुनस्र्थापना गर्नेे कुनैसंस्थामा राखिएको कुनै व्यक्तिसँग त्यस्तो संस्थाका पदाधिकारी वा कर्मचारीले करणी गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुनेछ र त्यस्तो करणी यस संहिता वा अन्य कानून अनुसार पनि कसूर हुने रहेछभने सो बमोजिम हुने सजायमा यस दफाको सजाय थप हुनेछ ।